• इलाममा तीन दिनयता ३० को हाराहारीमा संक्रमण पुष्टि, हालसम्म २९ को मृत्यू

    इलाम । इलाममा पछिल्लो तीन दिनयता कोरोना भाइरसबाट संक्रमितको संख्या घटेर २० देखि ३० को हाराहारीमा रहेको छ । आज आइतबार इलाममा २८ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार सूर्योदय नगरपालिकामा १९ जना, इलाम नगरपालिकामा ४ जना, माङसेबुङ र फाकफोथुम गाउँपालिकामा २–२ जना तथा चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको प...

  • करेन्ट लागेर मृत्यु

    सुनसरी ।सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट प्रहर...

  • नयाँ संवैधानिक इजलास गठन गरी आज प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ हुँदै

    काठमाण्डाैं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० वटा मुद्दामा आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि नै ती मुद्दाहरूमा सुनुवाइ गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए। यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आ...

  • एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून

    काठमाडौं । एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ । युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका ...

  • नेपाल समूहले नयाँ दल दर्ता गर्दै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच पार्टी एकताका लागि छलफल जारी राख्ने विकल्प खुलासमेत राखिएको छ । पछिल्लो र...

  • फेरि बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य

    काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन ९आन्तरिक उडान० को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ । पछिल्लो प...

  • तीन वर्ष चार महिनामा ५९ जना मन्त्री, १६ औं पटक मन्त्रीमण्डल हेरफेर

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन वर्ष चार महिनाका अवधिमा १६ औं पटक मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ भने ५९ जनालाई मन्त्री बनाउनुभएको छ । प्रधानमन्त्री ओली आफैं भने दुईपटक प्रधानमन्त्री बन्नुभएको छ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति सार्वजनिक गरेको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ हुनुअघि ...

  • पाँच हजार ४२ संक्रमित थपिए, थप ६८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप पाँच हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ८१४ स्वाब नमुना परीक्षण गरिएकोमा पाँच हजार ४२ जनाको नतिजा पोजिटिभ आएको हो । ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५४० र पाँच हजार ३४३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५०२ जनामा संक्रमण देखिएको...

  • मोटरसाईकल चोरीमा संलग्न सात भाई प्रहरीकाे फन्दामा

    मोरङ । मोटरसाईकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी १३ का २८ बर्षीय राजेश मेहता, इटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् । गत जेष्ठ १२ गत...

  • पानी तान्ने माेटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

    झापा । झापा कचनकवल गाऊपालिका ६ का  ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएको बेला कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागि गम्भिर घाईते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ...