• नेकपा एमाले रोङ गाउँ कमिटी गठन, अध्यक्षमा खड्ग

    नेकपा एमाले रोङ गाउँ कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा खड्ग आले निर्वाचित भएका छन् । उपाध्यक्षमा सत्यम् राई, सचिवमा उपेन्द्र न्यौपाने चयन भएका छन् । यस्तै, सहसचिवमा सरन तामाङ र दुर्गा अधिकारी निर्वाचित भएका छन् । योसँगै ४७ सदस्य कमिटी गठन भएको एमाले जिल्ला कमिटी सदस्य एवम् रोङ सह–इञ्चार्ज विष्णुमाया भुजेलले जानकार...

  • नेकपा एमाले देउमाई नगर कमिटी अध्यक्षमा भीमलाल

    नेकपा एमाले देउमाई नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा भीमलाल खनाल निर्वाचित भएका छन् । उपाध्यक्षमा दावा तामाङ, सचिवमा नेत्र ढुङ्गेल चयन भएका छन् । यस्तै, उपसचिवमा गंगा भट्टराई र चिजुमाया राई निर्वाचित भएका छन् । यस्तै पदाधिकारीसहित ६७ सदस्य कमिटी गठन भएकाे छ ।...

  • पाँचथरमा बाढीमा बेपत्ता थप एक जनाको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

    बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो । मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थ...

  • माधव चुनाव लड्दैनन्, प्रचण्ड जित्दैनन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल आगामी निर्वाचन नलड्ने बताएका छन् । अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवा गरे । आइतवार गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जितेर देखाउन च्यालेन्ज गरे...

  • प्रधानमन्त्रीले गरे इलाम र पाँचथरका बाढी पीडितसँग सल्लाह, राहत प्याकेज ल्याउने उद्घाेष

    प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढी पीडितलाई भेटेका छन्। केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्। उनले इलाम र पाँचथर सीमाका स्थानीय...

  • विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

    विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन। प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ। तत्काल भीएफआर...

  • इलाम नगरपालिकाद्वारा ऐन संग्रहसहित विभिन्न पुस्तक लोकार्पण

    इलाम नगरपालिकाले निर्माण गरेका ऐन, नियमावली र सम्झौता पत्रका संग्रह आज एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । स्थानीय तह निर्माणपछि नगरपालिकाले बनाएका ऐन, नियमावलीको समूहगत रुपमा प्रकाशन गरेको हो । पुस्तकको नगरपालिकाका प्रमुख महेश वस्नेत, उपप्रमुख सुशीला नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले सामूहिक रूपमा...

  • होमस्टे व्यवसायी घिमिरेको हिमाल चढ्नेक्रममा निधन

    इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायी धरणी घिमिरेको मकालु हिमाल आरोहण गर्नेक्रममा निधन भएको छ । स्थानीय मेची माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष घिमिरे मकालु बेसक्याम्पको ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि गम्भीर बिरामी परेका थिए । गत असोज ३१ गते ४ ह...

  • मेची राजमार्गमा झनै ठूलो अवरुद्ध, वैकल्पिक बाटो नहुँदा सकस

    सदरमुकामस्थित धोबिधारा(कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर अवरुद्ध मेची राजमार्ग मंगलबार राति पूरै चुँडिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयनजिकैको खोल्सीमा गत असोज १६ गते बिहान पौने ६ बजेतिर सुक्खा पहिरो झरेर राजमार्गको करिब ८० प्रतिशत भाग बगेको थियो । बाँकी रहेको २० प्रतिशत भाग पनि मं...

  • पाँचथरमा बाढीपहिरोमा मृत्यु भएका २६ जनाको सनाखत

    पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन। पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इल...