• टिपरको ठक्करबाट बालिकाको मृत्यु

    सुनसरीको दुहबी नगरपालिका–९ छाताबेली स्थित जयबाबा ईट्टाभट्टा उद्योग भित्र टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । को १ ख ५४५१ नम्बरको टिपरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ...

  • संखुवासभा हत्याकाण्ड : आराेपित लाेकबहादुरका भाइ पनि पक्राउ

    स‌ंखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले  बताए । ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान...

  • इलाममा बालमैत्री आइसोलेसन कक्ष स्थापना

    इलाम । कोभिड संक्रमणको दोस्रो चरणको चलिरहेका बेला संक्रमित बालबालिकालाई उपचार गराउन समस्या भएपछि इलाममा बालमैत्री आसोलेसन कक्ष स्थापना गरिएको छ । इलाम अस्पतालको कोभिड अस्पताल केन्द्रमा चार वेडको बालमैत्री आइसोलेसन र अस्पतालमै उपचार गर्न दुई वेड गरि छ वेड बालबालिकाका लागि स्थापना गरिएको हो । बुधबारबाट बालमैत्री आइसोल...

  • न गठ, न बन्धन

    काठमाडौं । नेपाली बृहत् शब्दकोशले गठ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला। मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।’ बन्धनको अर्थ छ, ‘बाँध्ने काम।’ सिंगो गठबन्धन शब्दको अर्थ हुन्छ, ‘कुनै कामकुराका लागि एक भएर मिल्ने कामस परस्परको मिलोमतो। कुनै स्वार्थसिद्धिका लागि गरि...

  • हतारमा विद्यालय नखोल्न निर्देशन

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी...

  • नेकपा एसकाे जिल्ला कमिटी गठन, अध्यक्षमा केसी

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)को इलाम जिल्ला कमिटी गठन भएको छ। एमाले जिल्ला कमिटीका पूर्वउपाध्यक्ष भक्त केसीको अध्यक्षतामा नयाँ दलको जिल्ला कमिटी गठन भएको हो। बुधबार आयोजित भेलाले जिल्ला कमिटी उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ...

  • जिसस इलामको समिक्षा बैठक शुरु

    जिल्ला समन्वय समिति इलामको समिक्षा बैठक शुरु भएको छ । दुईदिन सम्म चल्ने बैठकको पहिलो दिन बुधबार जिल्लाका दशैवटा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विषयगत कार्यालयहरुले वर्षभरि सम्पादन गरेका कामहरुको प्रस्तुति रहने जिल्ला समन्वय समितिले जनाएको छ । यस्तै विहीबार स्थानीय गैरसरकारी संस्थाहरुको कार्य सम्पादनको प्रस्तु...

  • आगलागीमा परेका खनाल परिवारलाई आर्थिक अभाव, सहयाेग जुटाइँदै

    सिलिण्डर  ग्यास लिक भएर आगलागीमा परी घाइते भएका झापा अर्जुनधाराका अग्निपीडितहरुको उपचारमा आर्थिक अभाव खड्किएकाे  छ । भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा आगजनी भएको थियो । आगलागीमा परी जलेर चार जना घाइते भएका थिए । रोम खनालको घरमा भएको सो आगलागीमा परी घरधनी खनाल, उनी श्रीमती दुर्गा खनाल, छोरा पंकज खनाल र आमा मंगलाद...

  • धानको उत्पादनसँगै आयात पनि बढ्दै

    स्थानीय उत्पादनले माग धान्न नसकेपछि गत आर्थिक वर्ष २०७७/२०७८ मा १० करोड १० लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ४ हजार २ सय १९ मेट्रिक टन धान आयात गरिएको छ । नेपालको पूर्वी काँकरभिट्टाबाट मात्रै यति परिमाणको धान आयात भएको हो । धानको उत्पादनले कूल राष्ट्रिय उत्पादनमा करिब ६ प्रतिशत योगदान गर्ने भएकाले नेपालको अर्थतन्त्र धा...

  • आर्थिक र सामाजिक तथ्याङ्क समेत समावेश हुनेगरी जनगणना हुँदै

    इलाम । आर्थिक र समाजिक तथ्याङ्क समेत संकलन गर्नेगरी हुँन लागेको जनगणनाको तयारी तिब्र भएको छ । यसअघि सवैलाई जानसाङ्खिक प्रश्नावली सोधिन्थ्यो र केहिलाई आर्थिक प्रश्नावली सोधिन्थ्यो । तर, आउँदो जनजणनामा भने सवैलाई आर्थिक प्रश्नावली समेत सोधिने भएको छ । सामाजिक प्रश्नावली भने वडाको समग्र अवस्था र सुविधाको बारेमा प्रश्नाव...