• इलाम नगरपालिकामा मात्र २५ जना संक्रमित थपिए

    इलाम । इलाममा बुधबार ४० जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र २५ जना संक्रमित थपिएका छन् भने इलाम नगरपालिकाको वडा नं. १ मा मात्र १६ जनामा संक्रमण पुष्टि भएको छ । सूर्योदय नगरपालिकामा १४ जना र माइ नरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो । इलाममा संक्रमितको संख्या दुई हजार एक सय २२ जना पुगेको छ भने ...

  • मानव अधिकार मञ्च नेपालको स्थापना दिवस मनाइयाे

         मानव अधिकार मञ्च नेपाल इलामको २३ औं स्थापना दिवस बुधबार मनाइएको छ । स्थापना दिवसको अवसरमा मञ्चले गर्दै आएको सेवा प्रवाह तथा परियोजनाको विषयमा समिक्षा गरिएको छ । मञ्चको आकस्मिक आवास गृह, बालबालिका सहयोग उद्धारका गर्ने बाल हेल्पलाइन १०९८, मानवअधिकार अनुगमन तथा अभिलेखिकरण, मनोविर्मश, कानुनी परामर्श र विवाद व्यवस्थान...

  • कोरोनाका कारण अधिवक्ता उपाध्यायको निधन

    इलाम ।  कोरोनाका कारण अधिवक्ता विश्वनाथ उपाध्यायको निधन भएको छ । केही समयअघि कोरोना पोजिटिभ देखिएपछि उपाध्याय उपचारमा रहेका थिए । उपचारका क्रममा विर्तासिटी अस्पताल झापामा उनको निधन भएको अधिवक्ता सुधीर बोहोराले जानकारी दिए ।...

  • इलाम साङरुम्बामा खुकुरी प्रहार गरी एकजनाको हत्या

    इलाम ।  इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ । स्थानीय ४५ वर्षे यामबहादुर साँवाले ५८ वर्षे धनबहादुर राईको आज (बुधबार) बिहान पौने ८ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ । स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए । तर, दिन ...

  • भाँसिएको भासिएकै मेची राजमार्गको राजदुवाली भञ्ज्याङ्ग खण्ड

    इलाम । करोडौं रुपियाँ खर्चंदा पनि सडक भासिने क्रम नरोकिएपछि मेची राजमार्ग अन्र्तगत पर्ने माइखोला राजदुवाली माथिको सडक खण्डमा यात्रु र सवारीका लागि जोखिम बढ्दो छ । सडक धस्सिएको वर्षौैं बित्दा पनि सरकारले यस स्थानको विकल्पमा सडक निर्माणको कामलाई अझै प्राथमिकतामा राखेको छैन । आगामी आर्थिक वर्षमा पनि यो सडक खण्ड ओझेलमै...

  • साउदी जाने र आउने नेपाली श्रमिकमाथि हिमालय एअरलाइन्सको ठगी

    काठमाडौं । हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी छ । साउदी अरेबियाको उडानमा अर्को प्रतिस्पर्धी नभएको फाइदा उठाउँदै हिमालयले क्वारेन्टिनसहित एकतर्फी भा...

  • रोकिएका परीक्षाफल प्रकाशन असारभित्रै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।...

  • पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे बढेकै

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमनले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर बढाएको छ । अ...

  • स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली युराे कपकाे फाइनलमा

    एजेन्सी ।  टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाट...

  • साउनदेखि अवैध रूपमा विदेशबाट ल्याइएका मोबाइल नेपालमा नचल्ने

    काठमाडौं । आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएका मोबाइल फोन नेपालमा नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न लागिएको हो । त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य रुपमा द...