झापा । झापा बाह्रदर्शी गाउँपालिका-७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् । हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश-१ -०१-०१२ प १९४२ ...
समाचार
-
-
परिवारबाट सम्पर्क विहीन भएका दुर्गाप्रसाद भेटिए
इलाम । सुनुवाइबिनै भारतीय जेलमा ४० वर्ष बिताएर घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना बेपत्तापछि फेला परेका छन्। आइतबार साँझ घरबाट हराएका उनी करिब ४ घन्टाको पैदल दूरीमा रहेको जौबारीमा फेला परेका हुन्। गएराति करिब १२ बजे उनलाई प्रहरीले मेची राजमार्गको जौबारीमा फेला पारेको दुर्गाप्रसादका...
-
भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसाद बेपत्ता
इलाम । ४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका इलाम जिल्ला माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना आइतबार घरबाट हराएका छन् । दिउँसो नजिकै सूर्योदय नगरपालिका–१४ को खोल्मेटार स्थित धनबहादुर राईको घरमा गएको तर साँझ सम्म नफर्किएको भतिजा गोपाल तिम्सिनाले जानकारी दिएका छन् । गोपालका अनुसार दुर्गाप्रसाद अपरान्ह ५...
-
महामारीकाे बीचमा पनि इलामकाे अर्ग्यानिक अकबरेले बजार पाउँदै
इलाम । बगान रातै देखिन्छ, टपक्कै टिपेर खान मिल्ने भए यो सिजनमा अकबरे खोर्सानीको बगान पुग्नेहरुलाई आनन्द महशुस हुन्थ्यो होला । आँखाले राम्रो देखेर पनि तुरुन्तै खान नसकिने अकबरे अहिले इलामका प्रत्येक किसानका बारीमा पाकेको देख्दा सबैको मन नै लोभिन्छ । केही वर्ष यता अकबरेको व्यावसायिक खेती सुरु गरेका इलामका किसानका लागि...
-
यस्ताे छ तालिवान उदयकाे कथा
सन् १९९०को दशकमा उत्तरी पाकिस्तानका केही धार्मिक स्कुलहरू (मदरसा)मा धर्मशिक्षा पढ्ने केही विद्यार्थीहरूले एउटा समूह बनाए। त्यो बेला अफगानिस्तानबाट भर्खरै सोभियत सेनाहरू फिर्ता भएका थिए। उत्तरी पाकिस्तानसँग सिमाना जोडिएको ‘पाश्तुन’ क्षेत्रका मुस्लिमहरूको त्यसमा बाहुल्य थियो। त्यहाँ बोलिने पाश्तो भाषामा तालिबान भनेको...
-
अफगानिस्तानका राष्ट्रपति घानीले देश छाेडे
एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन। समाचा...
-
पवनदीप राजन बने इन्डियन आइडल-१२
काठमाण्डौ । भाारतीय टेलिभिजन सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । अरुणिता उपाधीदेखि एक कदम पछि रहँदै फर्स्ट रनरअप बनिन् । त्यस्तै सायली कांब...
-
अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारकाे आग्रह
काठमाण्डौ । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन सुरु गरेको जानकारी दिएको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परि...
-
इलाममा आज कोरोना संक्रमणबाट चारको मृत्यू, ७३ संक्रमित
इलाम । इलाममा आइतबार कोरोना संक्रमणबाट चार जनाको मृत्यू भएको छ भने ७३ जना संक्रमित भएका छन् । मृत्यू हुनेमा इलाम नगरपालिका वडा नं. ६ की एक महिला, देउमाई नगरपालिका वडा नं. ४ का एक पुरुष, सूर्योदय नगरपालिका वडा नं. ८ का एक पुरुष र सोही नगरपालिका वडा नं. ११ की एक महिलाको मृत्यू भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फो...
-
अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने, सरकारले चासाे दिएन
काठमाडौँ । अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् । अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट कान्तिपुरलाई टेलिफोनमा दिएको ज...