इलाम । मानवीय स्वास्थ्य र वातावरण संरक्षणको दृष्टिकोणले पनि उपयोगी हुने सुधारिएको आधुनिक इलामे चुलो जडानका लागि नगरपालिकाले अनुदान दिने भएको छ । यस वर्ष नगरका २१ परिवारलाई अनुदान दिइने भएकाे छ । यसका लागि इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ अनुदान दिने नगरपालिकाले जनाएको छ । चलो जडानका लागि १५ हजार ...
समाचार
-
-
एमाले किचलोः एकतामा ओली बाधक
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्। सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार ...
-
बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेलवे सेवा सञ्चालन हुँदै
लण्डन । दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम प्रदर्शन गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि बेलायतमा रेल सेवा सन्चालन हुने भएको छ । बेलायतको प्याडिङटन रेलवे स्टेशनमा बुधबार बिहान (२३ जुन) हुने एक समारोहमा रेलवे सन्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पु...
-
निर्वाचनका लागि करिब ९ अर्ब खर्च अनुमान
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि करिब ९ अर्ब अर्थात् ८ अर्ब ९८ करोड खर्च अनुमान गरेको हो । आयोगले मतदानका लागि बनाइने बुथदेखि मतगणनासम्मका लागि सो रकम खर्च हुने भनेको छ । सो अनु...
-
रासस महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त
इलाम । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त भएका छन् । नागरिक दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यममा काम गरिसकेका राईले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । राई नेपाल पत्रकार महासंघको पूर्वाञ्चल सहसंयोजक एवं केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पनि केन्द्री...
-
बन्दाबन्दीमा पर्यटकीयस्थलहरुको काम गरिँदै
पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बनिरहेको इलामको कन्याम र अन्तुमा अहिले पर्यटकीय पूर्वाधारका थप काम गर्न थालिएको छ । बन्दाबन्दीकै बेला पर्यटक आवागमन बन्द भएकाले यही समयमा बाँकी रहेका पूर्वाधार र सौन्दर्यीकरणका काम भइरहेको छ । वर्षैभर पर्यटकको खचाखच हुने अन्तु अहिले सुनसान भएपनि अन्तु डाँडा सम्म पुग्ने बाटोमा...
-
ज्वालासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनकाे अनुमति
आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने (टीका संग्रौला) सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ। आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक ...
-
पाँचथरमा पहिरोले एककाे मृत्यु, एक घाइते
पाँचथर । पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरोसँगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरिरमा ढुंगाले लागी घट्नास्थलमानै मृत्यु भएको हो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् । आज बिहान सँव...
-
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप भेटियो
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ...
-
इलाममा निषेधाज्ञा असार १४ सम्म, निश्चित पसलहरु १ बजेसम्म खुल्ने (निषेधाज्ञाकाे पूर्णपाठसहित)
इलाम । इलाममा पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार आदेश जारी गर्दै असार १४ गतेसम्म निषेधाज्ञा कायमै रहने जनाएको छ । जिल्लामा कोरोना भाइरसका संक्रमण दर उच्च हुँदै गएपछि यसको नियन्त्रणका लागि प्रशासनले पहिलो पल्ट बैंशाख २८ गते १५ दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसप...