माईजोगमाईमा एमालेको मात्र उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको उम्मेदवारी दर्ताको पहिलो दिन आज कमैमात्र दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । यो समाचार तयार गर्दा सम्म इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेलेमात्र उम्मेदवारी दर्ता गराएको छ ।
एमालेका तर्फबाट माईजोगमाई अध्यक्षमा कुशबहादुर थेवे र उपाध्यक्षमा सावित्रा भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एमालेका तर्फबाट वडा अध्यक्ष पदमा लागि वडा– १ मा यामकुमार कार्की, वडा– २ मा गणेशबहादुर सुवेदी, वडा–४ मा दुरन देवान, वडा–५ मा निर्मलध्वज राई र वडा – ६मा दिपेश सोङमीले उम्मेदवारी दर्ता गराएका छन् । वडा– ३ बाट भने आउन बाँकी रहेको निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले बताए । काफ्लेका अनुसार अन्य दलहरु भने उम्मेदवारी दर्ताका लागि भोलिमात्र आउने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार