चुलाचुली मंगोल नेशनल र राप्रपाले गरे उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

इलामको चुलाचुली गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशन र राप्रपा नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
अर्गनाइजेशनका तर्फबाट गाउँपालिका अध्यक्षका लागि दलबहादुर श्रेष्ठ र उपाध्यक्षका लागि अनिता लावतीले उम्मेदवारी दर्ता गराएका छन् । अर्गनाइजेशनकै वडा अध्यक्षमा वडा– ४ का लागि चन्द्रबहादुर केरुङ र वडा– २ का लागि जीतबहादुर लिम्बुले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
यस्तै चुलाचुलीमा राप्रपा नेपालका तर्फबाट गाउँपालिका अध्यक्षमा खगेन्द्र रिजाल वडा– १ मा महिला वडा सदस्यमा माया आचार्य र वडा– १ कै खुल्ला सदस्यमा सोमनाथ चापागाईंले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत तेजप्रकाश प्रसाईंले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार