सन्दकपुरमा नेकपा एमाले र मंगोल नेशनलको उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमाले र मंगोल नेशनल अर्गनाइजेशनले मात्र उम्मेदवारी दर्ता उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट पालिका अध्यक्षमा उदयबहादुर राई र उपाध्यक्षमा तुलसादेवी सेढाईंले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट वडाध्यक्षका लागि वडा– १ मा रहरकुमार राई, वडा– २ मा गिरिराज खनाल, वडा– ३ मा कृष्ण पाठक, वडा– ४ मा सिद्धिबहादुर गुरूङ र वडा– ५ मा यज्ञबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरि मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट गाउँपालिका अध्यक्षमा धनपति राई र उपाध्यक्षमा बबिता खाम्दाकले उम्मेदवारी दर्ता गराएका छन् । यो समाचार तयार गर्दा सम्म अर्गनाइजेशनका तर्फबाट वडाध्यक्षको उम्मेदवारी दर्ताको क्रम चलिरहेको निर्वाचन अधिकृत राजेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । अन्य दलहरुले मंगलबार उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार