माङ्सेबुङमा मंगोल नेशनलको उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

इलामको माङ्सेबुङ गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशनले मात्र उम्मेदवारी दर्ता गराएको छ । गाउँपालिका अध्यक्षका लागि अर्गनाइजेशनका ठाकुरसिंह लिम्बू र उपाध्यक्षका लागि सोनियाँ योङहाङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्षका लागि तेज प्रकाश पौड्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अर्गनाइजेशनका तर्फबाट वडा अध्यक्षमा वडा– ६ मा खड्गबहादुर लिम्बुले उम्मेदवारी दिएका छन् । वडा – ६ को सदस्यमा चम्पा लिम्बू, विष्ण्णुकुमार राई र सन्तोष राईले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडा– ७ को अध्यक्षका लागि टेकबहादुर लिम्बू र सदस्यका लागि अनिसा सुब्बा लिम्बू, बलबहादुर लिम्बू र अटलसिंह लिम्बूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शिवहरि पौड्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार