माइ नगरपालिकामा नेकपा एमाले र मंगोल नेशनलको उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

इलामको माइ नगरपालिकामा नेकपा एमाले र मंगोल नेशनल अर्गनाइजेशनले मात्र सोमबार उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट नगरप्रमुखका लागि खम्बासिंह लिम्बु र उप–प्रमुखका लागि हिमा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै एमालेका तर्फबाट वडाध्यक्षमा वडा– ९ का लागि लिलाकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडा– ५ का लागि टंकनारायण राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट नगरप्रमुखमा चन्द्रकुमार सुब्बा फागो, उप–प्रमुखमा सपना राईले उम्मेदवारी दिएका छन् । अर्गनाइजेशनकै तर्फबाट वडाध्यक्षमा वडा–१ मा खुमालसिंह राई, वडा–६ मा आशिष आङ्देम्बेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत फडिन्द्र भट्टराईले बताए । भट्टराईका अनुसार माइ नगरपालिकामा सोमबार वडा सदस्यसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार