इलाम नगरपालिकामा मंगोल नेशनल सहित चार दलको उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

इलाम नगरपालिकामा सोमबार मंगोल नेशनल अर्गनाइजेशनले मात्र प्रमुख उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । अर्गानाइजेशनका तर्फबाट नगरप्रमुखमा बुद्धबहादुर लोक्ताम र उप–प्रमुखमा सेरगेम तामाङले उम्मेदवारी दिएका छन् । वडाअध्यक्षमा वडा– १ मा नेकपा एसका तेजबहादुर कटुवाल, वडा– ४ मा अर्गनाइजेशनका कमलकुमार लिम्बू, वडा– ११ मा जसपा नेपालका गोविन्द एक्तेन र अर्गनाइजेशनका इन्द्रकमल तामाङ, वडा– १२ मा राप्रपाका कुलप्रसाद उप्रेती र अर्गनाइजेशनका बुद्धिमान लिम्बूले वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत सुक्रराज राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार