देउमाईमा एमाले र मंगोल नेशनलकोमात्रै उम्मेदवारी दर्ता

  आवाज सम्वाददाता

आसन्न स्थानीय तहको निर्वाचनका लागि इलामको देउमाई नगरपालिकामा नेकपा एमालेका तर्फबाटमात्रै उम्मेदवारी दर्ता भएको छ ।
एमालेका तर्फबाट नगरप्रमुखमा सूर्यप्रसाद पोख्रेल र उप–प्रमुखमा पविमाया राईको उम्मेदवारी दर्ता भएको छ । यस्तै वडाध्यक्षका लागि वडा– १ मा मीनराज श्रेष्ठ, वडा– २ मा नरबहादुर मगर, वडा– ३ मा तेजबहादुर कटुवाल, वडा– ४ मा भीमलाल खनाल, वडा–५ मा तिलक हेम्जन, वडा– ६ मा डेविट साउदेन, वडा– ७ मा निरबहादुर चौंलागाईं, वडा– ८ मा चन्द्रबहादुर मगर र वडा– ९ मा प्रेमसागर बरालले एमालेका तर्फबाट उम्मेदवारी दिएका छन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट नगरप्रमुखमा गंगाराज हेम्जन तामाङ र उप–प्रमुखमा शान्ता सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । अर्गनाइजेशनका तर्फबाट वडाध्यक्षका लागि वडा– ३ मा पूर्ण राई, वडा– ५ मा विशाल लिम्बू, वडा–७ मा कर्ण तामाङ, वडा– ८ मा मोहनबहादुर राई र वडा– ९ मा जनकलाल लिम्बूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत हरिबहादुर दाहालले बताए । दाहालका अनुसार अन्य दलहरु भने मंगलबारमात्र उम्मेदवारी दर्ताका लागि आउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार