इलामका १० तहमा एमालेका उम्मेद्वारहरु मनोनय गर्दै, उम्मेद्वारको सूची सहित

  आवाज सम्वाददाता


इलाम । इलाम नगरपालिकाको १० स्थानीय तहमा एमालेका उम्मेद्वाहरुले धमाधम उम्मेद्वारी दर्ता गराइरहेका छन् ।
इलाम नगरपालिकाको प्रमुखको उम्मेद्वार सिफारिसमा विवाद भएपछि आज विहान मात्र इलामको १० वटै तहको प्रमुख र उपप्रमुखको टुङ्गो लागेको थियो ।
इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको सिफारिस भएपछि विवाद सेभएको थियो । त्यसपछि पार्टीले कार्यकर्ताको माग अनुसार धिरेन चेम्जोङ्गलाई सिफारिस गरेपछि मनोनयका लागि सहज वातावरण बनेको थियो । यसरीनै उपप्रमुखमा सीतादेवी रिजालको सिफारिस गरिएको छ । अहिले मनोनयनका लागि दलबलसहित मूख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेका छन् । आइतबारनै माइ नगरपालिका, सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका, माइजोगमाई गाउँपालिकामा एमालेका उम्मेद्वारले मनोनय गरेका छन् । आज इलाम नगरपालिकासँगै सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र चुलाचुली गाउँपालिकामा एमालले आज मनोनयन दर्ता गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार