एमाले इलामका सचिव पनि वागी उम्मेद्वार

  आवाज सम्वाददाता

इलाम । नेकपा एमालेका जिल्ला सचिव उमेश गुरुङ्ग आफैं बागी उम्मेद्वार बनेका छन् ।
नेकपा एमालेको तर्फबाट सन्दुकपुर गाउँपालिकाको अध्यक्षको उम्मेद्वारको आकांक्षी रहेका गुरुङ्गले टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारको रुपमा आज अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
सन्दकपुर गाउँपालिकामा निवर्तमान अध्यक्ष उदय राईले पार्टीको आधिकारीक उम्मेद्वारको रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।
सन्दुकपुर गाउँपालिकामा एमालेबाट अध्यक्षको उम्मेद्वारको आकांक्षी राईसँगै हालको उपाध्यक्ष शोभा पराजुली र सचिव गुरुङ्ग थिए ।
सन्दकपुरमा गाउँपालिकामा गठबन्धनको तर्फबाट तुलाराम गुरुङ्ग, उपाध्यक्षमा हरिबहादुर लुङ्गेलीले मनोनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार