इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिकामा नेकपा एमालेबाट विद्रोह गरि गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेकाले फिर्ता लिने सम्भावना बढेकाे छ। नेकपा एमालेका जिल्ला सचिव रहेको उमेश गुरुङ र जिल्ला सदस्य नन्दकुमार राई र चन्द्र राईले स्वतन्त्र उम्मदेवारी दिएका हुन् । नेतृत्वले पार्टीकाे हित विपरीत काम नगर्न आग्रह गरेसँगै फिर्ता लिने आश्वसन दिएका छन्।
गुरुङ गत स्थानीय तहमा समेत गाउँपालिका अध्यक्षका आकांक्षी थिए । तर पार्टीले उदयबहादुर राईलाई उम्मेदवार बनाएपछि गुरुङले टिकट पाएका थिएनन् । माओवादी केन्द्रबाट वडा नं १ को वडाध्यक्ष जितेका राई केही महिना अघि नेकपा एमाले प्रवेश गरेका थिए ।एमाले प्रवेश गरेको ३ महिना नवित्दै वडाध्यक्षमा टिकट नपाएपछि एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । एमालेले रहर राईलाई वडाध्यक्षमा टिकट दिएपछि उनी स्वतन्त्र उमेद्धार बनेका हुन् । वडा नं ३ मा चन्द्र राईले स्वतन्त्र उम्मदेवारी दिएका छन् ।