के इलाम नगरपालिकामा कांग्रेस उपप्रमुख उम्मेदवारविरुद्ध बागी परेको हो?

  आवाज संवाददाता

इलाम– अहिले नेकपा एमालेसँग सामूहिक रुपमा सत्ता गठबन्धन चुनावी प्रतिस्पर्धामा छ। इलाममा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको संयुक्त प्यानल चुनाव लड्दैछ भने अर्कातिर एमाले चुनावी मैदानमा उत्रिएको छ। सकसपूर्ण तवरले इलाममा गठबन्धन तालमेल गर्न सहमत भएको हो। तर केही पदमा गठबन्धनका दोहोरो उम्मेदवार उठेका छन्।
इलाम नगरपालिकाको उपप्रमुख पदमा कांग्रेसको उम्मेदवारविरुद्ध नेकपा एसका उम्मेदवारले मनोनयन गरेका छन्। कांग्रेसबाट जिल्ला उपसभापति विष्णु दाहालले मनोनयन गराएकी छन् भने एसबाट विद्यार्थी नेता डिकेन्द्र दाहालले उम्मेदवारी दर्ता गरेका हुन्।
‘हामीबीच चुनावी भागबन्डामा कुरा नमिलेपछि उम्मेदवारी दिएको हुँ।’ डिकेन्द्रले भने,‘वडामा अपेक्षाअनुसार सिट बाँडफाँड भएन। त्यसैले उम्मेदवारी दिए।’ दाहालले वडा नं. ८ मा उम्मेदवारी दिने तयारी गरेको थिए। तर मनोनयनको अन्तिम दिन उपमेयरमा दिए। ‘कांग्रेसकै मतको अपेक्षा छ। बढी मत कांग्रेसकै आउँछ।’ यता, कांग्रेसले भने दाहालले उम्मेदवारी फिर्ता लिने बताउँदै आएको छ। ंसिट बाँडफाँडमा तलमाथि हुँदा उम्मेदवारी परेको हो तर फिर्ता हुन्छ।’कांग्रेस स्रोतले भन्यो,‘यसको तयारी चलेको छ।’ डिकेन्द्र नेकपा एमालेबाट एसमा प्रवेश गरेका हुन्। हाल उनी एस निकट विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार