इनपामा मेयरका उम्मेदवार : थापालाई गठबन्धनको आड, चेम्जोङलाई पुरानो विरासतको भर

इलाम– आसन्न स्थानीय तहको निर्वाचनका लागि इलाममा पनि चुनावी सरगर्मी बढेको छ। विशेषतः इलाम नगरपालिकाले धेरैको ध्यान आकर्षित गरेको छ। जिल्लाकै पुरानो नगरमा कसले बाजी मार्ला भनेर अड्कलबाजी सुरु भएको छ। गएको स्थानीय तहमा एमालेका उम्मेदवार महेश बस्नेतले बाजी मारेका थिए। उनले कांग्रेसका तत्कालीन सभापति हिमालय कर्मचार्यलाई हराए। यसपटक पनि कांग्रेस र एमालेकै उम्मेदवारबीच बढी प्रतिस्पर्धा हुने अनुमान छ। गठबन्धनमार्फत कांग्रेसले केदार थापालाई मैदानमा उतारेको छ। यता एमालेबाट धिरेन चेम्जोङ उम्मेदवार बनेका छन्। उनीहरुले आफू नै जित्ने दावी गदै रहेका छन्। थापालाई सत्ता गठबन्धनको यसपटक भर छ।
गठबन्धनमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादीको छन्। यता एमाले उम्मेदवारलाई भने पुरानो मत परिणामको आड छ। ‘पहिले पनि एमाले एक्लैले चुनाव जितेको हो। यसपटक जित्न गाह्रो छैन।’ चेम्जोङले इलाम आवाजसँग भने,‘धेरै उल्लेखीय काम गरिएको छ। त्यसैले जीत सहज छ।’ चेम्जोङ इलाम नगरका रैथाने हुन्। उनले खेलकुद क्षेत्रमा केही काम गरेका छन्। यता थापा पनि चेम्जोङभन्दा कम छैनन्। उनले पनि नगरको खानेपानी र सरसफाइमा राम्रै काम गरेका छन्। उनले आफूले विगतमा उल्लेखीय काम गरेको बताएका छन्। थापा युवा नेता हुन्। उनी विगतदेखि नै पुस्तान्तरको मुद्दा लिएर हिडेका थिए।
यस्तो छ विगत
विगतबाटै इलाम नगरमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो।
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा कांग्रेका पूर्वसभापति हिमालय कर्माचार्यलाई हराएर महेश बस्नेत निर्वाचित बनेका थिए। बस्नेतले ७३ मतान्तरले कर्माचार्यलाई पराजित गरेका थिए। दुवै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुँदा मतगणनाको अन्तिम समयमा कर्माचार्यसँग मतान्तर बढाएर बस्नेतले विजय हासिल गरेका थिए। गएको स्थानीय तहको चुनावमा बस्नेतले कर्मचार्यलाई नै जितेका थिए। गत चुनावमा बस्नेतले ११०३३ मत ल््याउँदा कांग्रेसका कर्मचार्यले ९२६८ मत ल्याएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार