एमाले सचिव गुरुङले उम्मेदवारी फिर्ता लिने

  आवाज संवाददाता

वैशा ख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सन्दकपुर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले जिल्ला सचिव उमेश गुरुङले उम्मेदवारी फिर्ता लिने भएका छन् । गुरुङले बुधबार पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै पार्टीको विधि र सिद्धान्त भित्रै रहेर जिल्ला सचिवकै जिम्मेवारीमा पार्टीको पूर्ण काम थालेको बताए ।
आफ्नो जनमत राम्रो ठानेर उम्मेदवारी दर्ता गराएपनि पार्टीको नीति सिद्धान्त भन्दा बाहिर गएको महशुस गर्दै उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको गुरुङले बताए । ‘अहिले पार्टीको समग्र काम गर्नुपर्ने अवस्था छ, पार्टीलाई अगाडि बढाउनु पर्ने अवस्था छ । मैले अहिलेनै हतारिने अवस्था यो होइन भन्ने लागेर उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको हुँ ।’ गुरुङले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार