आज २६ औं राष्ट्रिय चिया दिवस

आज वैशाख १५ गते । राष्ट्रिय चिया दिवस । नेपाली चिया किसानहरुका लागि वैशाख १५ गते विषेश दिनका रुपमा रहने गरेको छ ।
वैशाख १५ गतेलाई राष्ट्रिय चिया तथा कफी विकास वोर्डले चिया दिवसका रुपमा विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । यसपटक ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने नाराका तय गरिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ । यसपटक चिया क्षेत्रको नीतिहरु केन्द्रित कार्यपत्र प्रस्तुति तथा छलफल, नेपाली चियाको प्रर्दशनी, टि टेस्टिङ्ग लगायतका कार्यक्रमहरु गरि काठमाडांैमा मनाउने तय गरिएको छ वोर्डले जनाएको छ ।
तत्कालिन बडाहाकिम गजराजसिंह थापाले वि.स. १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । तत्कालिन राजा विरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यवसायिक चिया खेतीको प्रवद्र्धन भएको पाइन्छ । नेपालमा चिया तथा कफी क्षेत्रको योजनावद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्ड स्थापना गरे पश्चात साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको देखिन्छ ।
आव.२०७७÷०७८ को तथ्यांङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएको छ । त्यसबाट २३ हजार ७४५ मे. टन चिया उत्पादन गरिएको वोर्डले जनाएको छ । अहिले १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरु चियाको बिभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् । भारत लगायत अन्य तेश्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । गत आ.व. २०७६÷०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको १११८५ मे. टन. चिया निर्यात भएकोमा आ. वा २०७७÷०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११९२० मे. टन. चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार