इलामका स्थानीय तहः पालिकाका मुख्य पदमा पुरुषैपुरुष, गठबन्धनले गर्दा उपप्रमुखमा पनि परेनन् महिला

सूर्योदय नगरपालिकाकी उपप्रमुख पदकी उम्मेदवार दुर्गादेवी भट्टराई

इलाम, सधै समावेशिकरण र समानुपातिक समावेशीका उठान गर्ने मुख्य दलहरु नै महिला उम्मेदवार उठाउन आनाकानी गरेका छन्। पालिकाका दुई मुख्य पद प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्ष पदमा पुरुष मात्र उम्मेदवार बनेका छन्। यस पटक इलाममा एकातिर एमाले र अर्कातिर गठबन्धन बनाएर कांग्रेस, एमाले, एकीकृत समाजवादी, जनता समाजवादी लडेका छन्।
एमालेले एकल उम्मेदवारी दिँदा सबै पालिकामा उपप्रमुख र उपाध्यक्ष पदमा महिला उठाएको छ। संवैधानिक बाध्यताले पनि एमालेले यो पद महिलाका लागि छुट्याएको हो। तर गठबन्धनका दलले भने प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा पुरुषलाई प्राथमिकतामा राखेका छन्।
गएको स्थानीय तहमा कांग्रेस एक्लै लड्दा सबै पालिकाका उपप्रमुख र उपाध्यक्षमा महिला उठाएको थियो ।तर यस पटक कांग्रेसले गठबन्धन गर्दा प्राय।ः मुख्य दुई पदमा पुरुष मात्र हावी गराएको छ।
चार नगरपालिका ः एमालेका चार उपप्रमुख महिला, गठबन्धनका एक ठाउँमा मात्र महिला
इलामका चार नगरपालिकामध्ये दुईवटामा प्रमुख र उपप्रमुख पदमा महिला शून्य भएका छन्। जिल्लाको माई नगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका धनकुमार लिम्बू मेयरमा उठेका छन् भने उपमेयरमा कांग्रेसका हेमबहादुर लिम्बूले उम्मेदवारी दिएका छन्। यहाँ प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनकातर्फबाट महिला शून्य छन्। यता,एमाले पनि मेयरमा महिला शुून्य बनाएको छ। एमालेले मेयरमा खम्बासिंह लिम्बूलाई उठाएको छ भने उपप्रमुखमा महिला उम्मेदवार हिमा भण्डारीलाई मैदान उतारेको छ।
इलाम नगरपालिका
इलाम नगरपालिकामा भने गठबन्धन र एमाले दुवैले महिलालाई बराबर प्राथकितामा राखेका छन्। गठबन्धनबाट कांग्रेस नेता केदार थापा र एमालेबाट धिरेन चेम्जोङले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा गठबन्धनबाट विष्णु दाहाल र एमालेबाट सीतादेवी रिजाल मैदान उत्रिएका छन्।
सूर्योदय नगर ः गठबन्धनबाट पुरुषैपुरुष, एमालेबाट उपप्रमुखमा महिला
सूर्योदयमा पनि गठबन्धनले ठूला दुई पदमा महिला उठाउन सकेको छैन। गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता रणबहादुर राई र उपप्रमुखमा कांग्रेसका दर्गा बराल मैदानमा छन्। यता एमालेबाट काजीमान कागते र उपप्रमुखमा दुर्गादेवी भट्टराईले उम्मेदवारी दिएका छन्। एमालेले यहाँ पनि महिलालाई उपप्रमुखमा उठाएको छ।
देउमाई नगरपालिका
देउमाईमा पनि गठबन्धनले महिलामाथि अन्याय गरेको छ। एमालेले पनि मेयर पदमा महिलालाई बञ्चित गराएको छ। एमालेले मेयरमा निवर्तमान मेयर सूर्य पोख्रेललाई निरन्तरता दिएको छ भने उपप्रमुखमा महिला उम्मेदवार वा निवर्तमान उपमेयर पविमाया राईलाई उठाएको छ। यता, गठबन्धनले मेयरमा कांग्रेस नेता होम दुलाललाई उठाउँदा माओवादीको भागमा परेको उपमेयर पदमा माओवादी नेता राम राई उठाएका छन्।
गाउँपालिकाको पनि उस्तै छ हविगत
यता, एमालेबाट पालिका अध्यक्ष रउपाध्यक्षमध्ये उपाध्यक्षमा महिला उठाउँदै गर्दा गठबन्धनले भने पुरुषलाई नै प्राथमिकता दिएको छ। एमालेले उदय राईलाई निरन्तरता दिँदा उपाध्यक्षमा तुलसा ढकाल उठेकी छन्। यता, गठबन्धनबाट कांग्रेसका पाका नेता तुलाराम गुरुङ अध्यक्षमा उत्रिदै गर्दा उपाध्यक्षमा नेकपा एसका नेता हरि लुङगेलीले उम्मेदवारी दिएका छन्।

यता माईजोगमाईमा भने दुवै पदमा गठबन्धन र एमालेले बराबर हिस्सा महिलालाई दिएका छन्। गठबन्धनबाट नेकपा एसका नेता जीतबहादुर राई अध्यक्ष उठ्दै गर्दा उपाध्यक्षमा कांग्रेस नेतृ प्रविना राई मैदानमा उभिएकी छिन्। यता, एमालेबाट कुशबहादुर राई अध्यक्षमा उठ्दा उपाध्यक्षमा सावित्रा भट्टराई उठेकी छिन्। यता फाकफोकथुममा गठबन्धनबाट अध्यक्षमा डिकबहादुर थापा उठ्दै गर्दा, उपाध्यक्षमा कांग्रेसकै भद्रमाया खड्का उठेकी छन्।

एमालेबाट अध्यक्षमा दीपेन्द्र खनालले उम्मेदवारी दिँदा उपाध्यक्षमा कल्पना राई मैदान उत्रिएकी छिन्। माङसेबुङमा अध्यक्षमा गठबन्धनबाट डिकेन्द्र इदिङगोले उम्मेदवारी दिँदा एमालेबाट हेमन्त राईले प्रतिस्पर्धामा उत्रिएका छन्। यता, उपाध्यक्षमा गठबन्धन शून्य छ।

एमालेले सुनीता राईलाई उठाउँदै गर्दा सधै समानुपातिक समावेशिकरणको मुद्दा उठाउने जनता समाजवादीको भागमा परेको उपाध्यक्ष पदमा पनि पुरुष उम्मेदवार हावी भएका छन्। उपाध्यक्षमा विनोद नेम्वाङ मैदान उत्रिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार