इलाममा स्थानीय तह प्रमुखमा महिलाः दुई महिलाको उम्मेदवारी, एक जनालाई फिर्ता गर्न दबाब

इलाम- इलाम जिल्लाभर नगरपालिकाका मेयर र गाउँपालिकाको अध्यक्षमा अत्यन्तै न्यून महिला संख्यामा महिलाले उम्मेदवारी दिएका छन्। समाजका सबै क्षेत्रमा पछि पारिने महिला राजनीतिक क्षेत्रमा कति पछि छन् भन्ने बुझ्न यस पटकको स्थानीय तहका महिला उम्मेदवार हेर्दा पुग्छ। इलाममा १० पालिकामध्ये छ गाउँपालिका र चार नगरपालिका छन्।
जिल्लाका १० पालिका प्रमुख, अध्यक्षमा दुई महिलाले मात्र उम्मेदवारी दिएका छन्। इलाम नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट माया भट्टराईले उम्मेदवारी दिएकी छिन्। उनले गत स्थानीय तहको निर्वाचनमा पनि स्थानीय तहमा उम्मेदवारी दिएकी थिइन्।

यस्तै, फाकफोकथुम गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा बुद्धमाया तामाङले उम्मेदवारी दिएकी छिन्। तर उनले गठबन्धनबाट बागी उम्मेदवारका रुपमा अध्यक्ष पदमा मनोनयन गरेकी हुन्।   गठबन्धनकातर्फबाट कांग्रेसकी डिकबहादुर थापा उम्मेदवार छन्।

यस्तै, फाकफोकथुम गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा बुद्धमाया तामाङले उम्मेदवारी दिएकी छिन्। तर उनले गठबन्धनबाट बागी उम्मेदवारका रुपमा अध्यक्ष पदमा मनोनयन गरेकी हुन्। यहाँ  गठबन्धनका तर्फबाट डिकबहादुर थापा उम्मेदवार छन्।

हिजोमात्रै गठबन्धनको केन्द्रीयस्तरमा बैठकबस्दै बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ।

हिजोमात्रै गठबन्धनको केन्द्रीयस्तरमा बैठकबस्दै बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ। जिल्लामा समेत बागी फिर्ता गर्नुपर्ने माग उठ्दै आएको छ।‘आधिकारिक उम्मेदवार हुँदाहुँदै उठ्न मिल्दैन। फिर्ता हुन सक्छ।’ माओवादीका एक नेताले भने। यस पटक इलाम जिल्लाभर एक मात्र महिला प्रमुख पदमा उम्मेदवार हुने सम्भावना छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार