कांग्रेसबाट जीतेकी वडा सदस्य बराल एमालेमा प्रवेश

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिका वडा नं. ४ को वडा सदस्य सीता बराल नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

स्थानीय तहको २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेबाट वडा सदस्यमा निर्वाचित बराल शुक्रबार एमालेले आयोजना गरेको सभामा ‌औपचारिक रुपमा प्रवेश गरेकी हुन् । उनीसँगै नेपाली कांग्रेस परित्याग गरी चार जना एमालेका प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेका बराललगायत चारै जनालाई नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत र एमालेका मेयरका उम्मेरद्वार धिरेन चेम्जेङले स्वागत गरेका थिए ।

एमालेमा ‍औपचारिक प्रवेश गरेसँगै बरालले एमालेको उम्मेद्वार जिताउन आफू सशक्त ढंगले लाग्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार