टाउकाे र शरिर छुट्टा छुट्टै पुरिएकाे अस्थामा महिलाकाे शव फेला

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिका वडा नं. ८ स्थित सिङफ्रिङमा एक महिलाकाे शव गाडिएकाे अवस्थामा भेटिएकाे छ ।

केही चीज गाडीएकाे जस्तो देखिएको ठाउँमा  शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरिर अलग अलग भएकाे अवस्था शव भेटिएकाे स्थानीयले बताएका छन् । हात समेत काटिएकाे अवस्थामा खाल्डाेमा महिलाको शव भेटिएकाे छ । केही दिनअघिदेखि वेपत्ता रहेकी साेही ठाउँकी विनिता काफ्लेको शव पहिचान भएकाे स्थानीयले बताएका छन् । अन्दाजी २५ वर्षकी काफ्ले बैंशाख १४ गतेदेखि वेपत्ता भएकी थिइन् । घरदेखि दुई सय मिटर टाढा गाडेको अवस्थामा भेटिएकाे हाे । उनको श्रीमान भने गत वर्ष वैदेशिक राेजगारीकाे क्रममा विदेशमै मृत्यू भएको थियाे ।

प्रहरीले महिलाकाे शव पाेष्टमार्टमका लागि इलाम अस्पताल पुर्याएकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार