नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिंसा, शान्ति र मानव कल्याणकै बाटोमा नेकपा एमाले रहेको बताएका छन् । इलामको माई नगरपालिकामा आयोजित नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न इलाम आएका अध्यक्ष ओलीले बुधबार मांङसेबुङमा किराँत धर्म गुरु आत्मनन्द लिङदेन सँगको गुरु भेटघाट पछि आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
‘माङसेबुङ क्षेत्रमा बसेर किराँत धर्म गुरुले मानव कल्याणका निम्ति जुन सिद्धान्तको विकास गर्दै हुनुहुन्छ, वास्तवमा नेकपा एमालेले पनि रोजेको बाटो त्यही मानव कल्याणनै हो ।’ अध्यक्ष ओलीले भने ‘ देशमा शान्ति अहिंसा र नेपाली नागरिकलाई दुःखबाट छुटकारा दिलाएर मानव कल्याणका निम्ति एमालेले विगत देखिनै कमद चालेको सबैमाझ अवगत छ । सोही अनुसार मांङसेबुङबाट गुरुको आर्शिवाद एमालेलाई लागिरहेको छ । अब पनि सोही आशिर्वाद गुरुबाट एमालेलाई होस भन्ने हाम्रो चहाना हो ।’
ओलीको गुरु भेटघाट कार्यक्रम पश्चात मांङ्सेबुङ स्थित किराँत धर्म साहित्य उत्थान संघको आयोजनामा भएको एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘निर्वाचनका बेलामात्र गुरु आश्रममा आर्शिवाद लिन आयो भन्ने होला धेरैलाई लाग्न सक्छ तर, त्यसो होइन, दमकबाट माइ जाने क्रममा बाटामा पर्ने मांङसेबुङमा गुरु भेटघाट गरिएको हो । सधैं एमालेलाई जिताउन गुरुको आशिर्वाद छंदैछ ।’