मतगणना स्थलमा सिसि क्यामेरा जडान

  आवाज सम्वाददाता

यसपटक स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सिसि क्यामेरा जडान गर्न थालिएको छ । जिल्लामा निर्णय भएअनुसार देउमाई नगरपालिका, माई नगरपालिका र माइजोगमाई गाउँपालिकामा सिसि क्यामेरा जडान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अन्य पालिकामा रहने मतगणना स्थलमा पनि सिसि क्यामेरा जडान गरिने जनाइएको छ । सिसि क्यामेरा जडान पछि निर्वाचन आयोगबाटै मतपेटिका भण्डारन र मतगणनाको अनुगमन गर्ने तयारी रहेको बताइएको छ । यसअघि जिल्ला स्थित दलहरुले मतगणना स्थलमा मतपत्रमा केही तलमाथि नहोस भनेर सिसि क्यामेरा जडान गर्नुपर्ने आवाज उठाउँदै आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार