कञ्चनजङ्घा हिमालमा भारतीय आरोहीको मृत्यु

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिए ।
चुचुरो पुग्ने क्रममा शारीरिक शक्ति कमजोर भएपछि साथमा रहेका गाइडले आधार शिविर फर्काउन खोज्दा नमानेपछि आरोहीको हाइ अल्टिच्युड ‘लेक’ लागेर मृत्यु भएको शेर्पाले बताए । मृतकको शव आधारशिविर ल्याउने विषयमा छलफल सुरु भएको कम्पनीले जनाएको छ । आरोहणदलका अन्य सदस्यहरु मध्ये १९ जनाले सफल आरोहण गरी शुक्रबार साँझ सम्म आधारशिविर फर्कने कम्पनीले जनाएको छ । यस महिना कञ्चनजङ्घामा भने सात आरोहण दलबाट ६८ जना आरोहीले आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् । स्रोत ः गोरखापत्र

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार