एमाले झ्यालबाट होइन ढोकाबाटै सरकारमा जान्छ ः सुबास

  आवाज सम्वाददाता

नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले नेकपा एमाले अब झ्यालबाट नभइ ढोकाबाटै पुनः सरकारमा जाने बताएका छन् । आज इलामको देउमाइमा आयोेजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले जनादेशबाट सरकारमा जाने अनुमति नपाएकाहरु मात्रै झ्यालबाट छिरेर सरकारमा जाने गरेको बताउँदै नेम्वाङले जनादेश पाएको संसदकै ठूलो पार्टीलाई सर्वोच्चको परमादेशले हटाउँदा अदालतको सम्मान गर्ने हुँदा सर्वोच्चको आदेश एमाले मान्न तयार भएको बताए ।
विगतको द्धन्द्ध, भूकम्प आदिले क्षतविक्षत भएको देशलाई पुर्नःनिर्माणमा लगेर देशमा विकासको नयाँ लहर चलाएको एमालेको कदमलाई सहन नसके पछि गठबन्धनको नाममा झ्यालबाट सत्तामा जाने दलहरुले के गरिरहेका छन् भन्ने नेपाली जनताले स्पष्ट बुझेको नेम्वाङको भनाइ थियो ।
अहिले पनि एमाले एक्लै निर्वाचनमा गइरहंदा एमाले सँग डराएर गठबन्धन गरेको भन्दै गठबन्धनमा रहने दलहरुलाई नेम्वाङले अब एमालेको कुनै पनि मतपेटिका खाली नभएको हेर्न चुनौती पनि दिए । ‘कोही नेताहरुले भन्ने गरेका छन्, एमालेको बाकस खाली हुन्छ, खाली पारिदिनु पर्छ, तर, देशनै एमालेको पक्षमा उभिएका बेला कुन बाकस खाली हुन्छ तपाईंहरु मैदानमा आएर हेर्नुहोस ।’ नेम्वाङले भने ‘अब एमालेलाई जसरी सत्ता च्युत गराइयो, एमाले झ्यालबाट होइन जनताको जनादेश लिएर ढोकाबाटै सिंहदरबार छिरेर सरकार बनाउँछ र देश र जनताको सेवामा जुट्नेछ ।’ एमालेलाई सरकारमा अहिलेनै जान हतार नभएको भन्दै नेम्वाङले स्थानीय, प्रदेश र संघमा जनादेश लिएरै एमाले जाने नेम्वाङको भनाइ छ । नेम्वाङले आजै इलाम सदरमुकाममा आयोजित अर्को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार