पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा

इलाम। इलाम  नगरपािलका वडा नं.  ४ मा रहेकाे पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा शनिबार सम्पन्न भएकाे छ । साधारण सभामा मन्दिरलाई सहयाेग गर्ने दुई दर्जन बढीलाई सम्मान र प्रशंसा पत्र प्रदान गरिएकाे छ ।

मन्दिरका अध्यक्ष सुर्यकुमार रिजालकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलाल, नगर कार्यपालिका सदस्य सिता रिजाल, वडासदस्य क्रमश बिष्णु सुब्बा, टंकबहादुर खत्री र डि.पि.दुलालकाे उपस्थिति रहेकाे थियाे । यसरीनै स्थानीय गंगाप्रसाद भुर्तेल, मोहन आचार्य, निर्मला सन्जेल, प्रहरी बीट बिब्ल्याटेका प्रमुख प्रमोद कार्की, स्थानीय बुद्धिजीवी नरेन्द्रकुमार गुरुङ, पुर्व शिक्षक युवराज दहाल, बरबोटे बोर्डिङ प्रिन्सिपल युवराज रिजाल, रामजानकी मन्दिरका अध्यक्ष लिलानाथ लम्साल, प्रणामी मन्दिरका अध्यक्ष तिर्थ पौडेलकाे पिन उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम मन्दिर समितिको लेखा सदस्य छबिलाल लम्सालले सत्र्चालन गरेका थिए । मन्दिरका सचिव गायत्री प्रसाद बझगाईले वार्षिक प्रतिवदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष लेखनाथ लम्सालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले मन्दिरकाे ३ लाख ८६ हजार बराबरकाे आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलाल, नगर कार्यपालिका सदस्य सिता रिजाल र समाजसेवी गंगा भुर्तेलले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय ७८ बर्शिय सुमित्रा खत्री अधिकारीले एक लाख २५ हजार ४६० काे लागतमा जालापा देवि मन्दिर निर्माण गरी मन्दिरलाई हस्तान्तरण गरेकी थिइन् । साे मन्दिरकाे उद्घाटन पनि गरिएकाे थियाे । कार्यक्रममा मन्दिर निर्माणकर्ता सुमित्रा खत्री अधिकारी, गेट निर्माणकर्ता कृष्णबहादुर खत्री र मनोज बुढाथोकीलाई सम्मान गरिएकाे थियाे । कृष्णबहादुर खत्रीले दिवङत छोरा सुमन खत्रीको स्मृतिमा ३८ हजारकाे लागतमा प्रवेश द्वार निर्माण गरिदिएका हुन् । कार्यक्रममा  १० हजार भन्दा माथि जिन्सी तथा नगद सहयोग गर्ने १५ जनालाई पनि सम्मान गरिएकाे थियाे । यसरीनै सत्सङ हल निर्माणमा तीन हजारदेखि १० हजार मुनि सहयोग गर्ने नाैं जनालाई प्रसंशा पत्र बितरण गरिएकाे थियाे ।

कार्यक्रममा मन्दिरका उपाध्यक्ष डिल्लीराम घिमिरेले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार