महिला नेतृत्व ल्याउन नसक्नु बाध्यता ः नेता खनाल

  आवाज सम्वाददाता

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनबाट महिला नेतृत्व ल्याउन नसक्नु बाध्यता भएको बताएका छन् । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई दलबाट नेतृत्व गर्दा संविधानले महिला हुनै पर्ने नभनेको बताए । ‘दुईवटा पाटी भएपछि जे गरेपनि हुन्छ भनेको छ, महिला अनिवार्य भनेको छैन ।’ खनालले भने ‘गठबन्धनबाट प्रमुख, उप–प्रमुख दुवै पदमा महिला लैजान पाएको भए गजब हुने थियो । महिलालाई दिनु पथ्र्यौ तर, त्यो हुन सकेन आगामी दिनमा महिलालाई अगाडि बढाउन हामी लाग्नु पर्छ, प्राथमिकता दिनुपर्छ ।’
नेता खनालले देशलाई स्वतन्त्र गराउन र गणतन्त्र ल्याउन विगतदेखिनै दलहरु मिलेर जाँदा संम्भव भएको भन्दै अब संविधान बचाउन पनि दलीय गठबन्धन जरुरी रहेकाले आफूहरु गठबन्धनमा गएको बताए । ‘गणतन्त्र र समावेशी लोकतन्त्र बचाउनका लागि गठबन्धन गर्नुप¥यो ।’ खनालले भने ‘गठबन्धन बचाउने आवश्यकता पनि अझै अन्त्य भएको छैन । गठबन्धनले भोट जित्छ । नेता खनालले आउँदो प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धनबाटै अगाडि बढ्ने केन्द्र देखिनै अठोट गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार