इलामका कुन पालिकामा मतदाता संख्या कति

  आवाज सम्वाददाता

यसपटकको स्थानीय तह निर्वाचनका लागि इलाममा २ लाख २४ हजार ७४८ मतदाताले आ–आफ्ना पालिकाका जनप्रतिनिधि चुन्दैछन् ।
निर्वाचन आयोगको तथ्याकं अनुसार जिल्लाका दश स्थानीय तह मध्ये सबै भन्दा बढी सूर्योदय नगरपालिकाको मतदाता संख्या रहेको छ । ४५ हजार १९४ मतदाता रहेका छन् । सूर्योदयमा २१ हजार ९३७ महिला र २३ हजार २५७ पुरुष मतदाता संख्या छ । इलाम नगरपालिकाको मतदाता संख्या दोस्रोमा रहेको छ । इलाम नगरपालिकामा ३६ हजार ७३० मतदाता संख्या रहेको छ । यहाँ महिला १८ हजार ३१० र पुरुष १८ हजार ४२० मतदाता छन् ।
यस्तै देउमाई नगरपालिकामा २५ हजार ८५८ मतदाता संख्या रहेको छ । यहाँ १२ हजार ६८१ महिला र १३ हजार १७७ पुरुष मतदाता छन् । अर्को नगरपालिका माईमा २४ हजार २९४ मतदाता संख्या रहेको छ । यस नगरपालिकामा ११ हजार ७६२ महिला र १२ हजार ५३२ पुरुष मतदाता छन् ।
यसैगरि चुलाचुली गाउँपालिकामा १८ हजार ५८० मतदाता संख्या रहेको छ । यहाँ ९ हजार ३ सय महिला र ९ हजार २७८ पुरुष तथा अन्य २ मतादाता छन् । फाकफोकथुम गाउँपालिकामा १६ हजार ५३५ मतदाता संख्या रहेको छ । यहाँ ७ हजार ९८३ महिला र ८ हजार ५५२ पुरुष मतदाता छन् ।
माइजोगमाई गाउँपालिकामा १६ हजार ५६६ मतदाता संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । यहाँ ७ हजार ७३८ महिला र ८ हजार ८२८ पुरुष मतदाता छन् । यस्तै रोङ गाउँपालिकामा १५ हजार ३३ मतदाता संख्या रहेको छ । यहाँ ७ हजार १४९ महिला र ७ हजार ८८४ पुरुष मतदाता छन् । सन्दकपुर गाउँपालिकामा मतदाता संख्या १३ हजार ३९० रहेको छ । यहाँ ६ हजार ३१३ महिला र ७ हजार ७७ पुरुष मतादात छन् । यस्तै माङ्सेबुङ गाउँपालिकामा १२ हजार ५६८ मतदाता संख्या रहेको जनाइएको छ । ६ हजार १९ महिला र ६ हजार ५४९ पुरुष मतदाता संख्या छ ।
इलामका लागि निर्धारण गरिएका १५१ मतदान स्थल र २८५ मतदान केन्द्र मध्ये इलाम नगरपालिकामा २४ मतदान स्थल र ४८ मतदान केन्द्र रहने छन् । यस्तै सूर्याेदय नगरपालिकामा २१ मतदान स्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ । चुलाचुलीमा ९ मतदान स्थल र २१ मतदान केन्द्र, देउमाईमा १८ मतदान स्थल र ३३ मतदान केन्द्र, फाकफोकथुममा १७ मतदान स्थल र २४ मतदान केन्द्र, माइ नगरपालिकामा ११ मतदान स्थल र २८ मतदान केन्द्र, माइजोगमाईमा ११ मतदान स्थल र २० मतदान केन्द्र, माङ्सेबुङमा ११ मतदान स्थल र १८ मतदान केन्द्र, रोङमा १५ मतदान स्थल र २२ मतदान केन्द्र तथा सन्दकपुरमा १४ मतदानस्थल र १९ मतदान केन्द्र निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार