आज इलामको चुनावी मैदानमा एक हजार तीन सय १९ को प्रतिश्पर्धा

आज वैशाख ३० गते । राज्य पुर्नसंरचना पछि स्थानीय तहमा जनप्रतिनिधि छान्न आज सातबजेबाट दोस्रो पटक निर्वाचन हुँदैछ । अर्थात आजको निर्वाचनले स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु छनोट गर्दैछ ।
आज इलामका दशै पालिकाका १५१ मतदान स्थल अन्र्तगत २८५ मतदान केन्द्रबाट नागरिकले स्थानीय तहका लागि मतदान गर्दैछन् । आजको निर्वाचनमा इलामका चार नगरपालिका र ६ गाउँपालिकामा वडा सदस्य देखि पालिका प्रमुख सम्म १ हजार ३ सय १९ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

जिल्ला निर्वाचन कार्यालयको अन्तिम नामावलीअनुुसार इलाम नगरको मेयरमा र उपमेयरमा ६÷६ , देउमाई नगरको मेयर र उपमेयरमा ५÷५, माई नगरको मेयरमा ५, उपमेयरमा ४ तथा सूर्याेदय नगरको मेयर र उपमेयरमा ५÷५ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
सन्दकपुर गाउँपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा ३, चुलाचुली गाउँपालिकाको अध्यक्षमा ८, उपाध्यक्षमा ५, फाकफोकथुमको अध्यक्षमा ४, उपाध्यक्षमा ३, माइजोगमाईको अध्यक्षमा ४, उपाध्यक्षमा २, माङ्सेबुङको अध्यक्षमा ३, उपाध्यक्षमा २ र रोङ गाउँपालिकाको अध्यक्षमा ६ तथा उपाध्यक्षमा ३ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
निर्वाचन कार्यालयका अनुसार इलाम नगरपालिका प्रमुखमा नेकपा एमालेका तर्फबाट धिरेन चेम्जोङ, नेपाली कांग्रेसका केदार थापा, जसपाका गोपालबहादुर सोराली मगर, मंगोल नेशनलका बुद्धबहादुर लोक्ताम र राप्रपाकी माया देवी भण्डारी र स्वतन्त्रबाट फडिन्द्र न्यौपानेले प्रतिश्पर्धा गर्दैछन् । यस्तै इलाम नगरपालिकाको उप–प्रमुखमा एमालेबाट सीतादेवी रिजाल, नेपाली कांग्रेसकी विष्णुकुमारी लिम्बु, राप्रपाका राजेन्द्र चौहान, जसपाका भगीरथा कट्टेल, मंगोल नेशनलका सेरगेम तामाङ र स्वतन्त्रबाट डाकप्रसाद गौतमले प्रतिश्पर्धा गर्दैछन् । इलाम नगरपालिकाको ३६ हजार ७३० मतदाता संख्या रहेको छ ।

देउमाइ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट सूर्यप्रसाद पोख्रेल, नेपाली कांग्रेसका होमप्रसाद दुलाल, राप्रपाका लालबहादुर डागीं, मंगोल नेशनलका गंगाराज हेन्जन तामाङ र स्वतन्त्रबाट मोहनप्रसाद बरालले प्रतिश्पर्धा गर्दैछन् । यस्तै देउमाइको उप–प्रमुखमा एमालेका तर्फबाट पविमाया राई, राप्रपाका शान्ता लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनका शान्ता सुब्बा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका रामकुमार राई र नेपाल कम्युुनिष्ट पार्टी एकिकृत समाजवादीका केशरबहादुर राईले प्रतिश्पर्धा गर्दैछन् । देउमाई नगरपालिकामा २५ हजार ८५८ मतदाता संख्या रहेको छ ।

सूर्योदयमा एमालेका तर्फबाट प्रमुखमा काजीमान कागते, नेपाल कम्युुनिष्ट पार्टी एकिकृत समाजवादीका रनबहादुर राई, जसपाका मित्रलाल भट्टराई, राप्रपाका मोहन श्रेष्ठ, मंगोल नेशनलका राजन चाम्लिङले प्रतिश्पर्धा गर्दैछन् । यस्तै सूर्योदयको उप–प्रमुखमा नेकपा एमालेका दुर्गादेवी भट्टराई, नेपाली कांग्रेसका दुर्गाकुमार बराल, जसपाका जुनु लिम्बू, राप्रपाका राधा ढकाल र मंगोल नेशनलका रेनुका योल्मोले प्रातिश्पर्धा गर्दैछन् । सूर्योदय नगरपालिकाको मतदाता संख्या ४५ हजार १९४ रहेको छ ।

माई नगरपालिकामा नेकपा एमालेका तर्फबाट खम्बासिं लिम्बू, राजपाका गंगाप्रसाद थेगिम, मंगोल नेशनलका चन्द्रकुमार सुब्बा, नेकपा माओवादी केन्द्रका धनकुमार लिम्बु र राप्रपाका लालबहादुर थापाले प्रतिश्पर्धा गर्दैछन् । माईको उप–प्रमुखमा नेकपा एमालेका हिमा भण्डारी, राजपाका रुपामाया लिम्बू, मंगोल नेशनलका सपना राई र नेपाली कांग्रेसका हेमबहादुर लिम्बूले प्रतिश्पर्धा गर्दैछन् । माईमा २४ हजार २९४ मतदाता संख्या रहेको छ ।

यसैगरि सन्दकपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उदयबहादुर राई, नेपाली कांग्रेसका तुलाराम गुरुङ, मंगोल नेशनलका धनपति राई, राप्रपाका पुन्यप्रसाद खतिवडा र स्वतन्त्रबाट खड्गबहादुर राईले प्रतिश्पर्धा गर्दैछन् । सन्दकपुरको उपाध्यक्षमा एमालेबाट तुलसादेवी सेढाईं, मंगोल नेशनलका बबिता खाम्दाक र नेकपा एकिकृत समाजवादीका हरिबहादुर लुङ्गेलीले प्रतिश्पर्धा गर्दैछन् । सन्दकपुर गाउँपालिकामा मतदाता संख्या १३ हजार ३९० रहेको छ ।

माईजोगमाईको अध्यक्षमा एमालेका कुशबहादुर थेवे, राप्रपाका कुन्धन पौडेल, नेकपा एकिकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट बुनुविक्रम तामाङले प्रतिश्पर्धा गर्दैछन् । माइजोगमाईको उपाध्यक्षमा एमालेका सावित्रा भट्टराई र नेपाली कांग्रेसका पविना राईले प्रतिश्पर्धा गर्दैछन् । माइजोगमाईमा १६ हजार ५६६ मतदाता संख्या रहेको छ ।

चुलाचुलीमा अध्यक्षमा एमालेका ओमनारायण खनाल, राप्रपाका खगेन्द्र रिजाल, जसपाका गजेन्द्रबहादुर याख्खा, मंगोल नेशनलका दलबहादुर श्रेष्ठ र स्वतन्त्रबाट गणेशबहादुर पौडेल, नेकपा एकिकृत समाजवादीका नारायण लावती, नेपाली कांग्रेसका राजेन्द्र केरुङ र लोसपाका शरणहाङ जबेगूले प्रतिश्पर्धा गर्दैछन् । चुलाचुलीमा उपाध्यक्षका लागि एमालेका दिलकुमारी लिम्बु, मंगोल नेशनलका अनिता लावती, जसपाका छलिमाया कुमाल, नेकपा माओवादी केन्द्रका शुक्रबहादुर लावती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सीताकुमारी लावतीले प्रतिश्पर्धा गर्दैछन् । चुलाचुली गाउँपालिकामा १८ हजार ५८० मतदाता संख्या रहेको छ ।

फाकफोकथुममा नेकपा एमालेका दिपेन्द्र खनाल, जसपाका कृष्णबहादुर खत्री, नेपाली कांग्रेसका डिकबहादुर थापा र मंगोल नेशलनका ठाकुरसिंह लिम्बुले प्रतिश्पर्धा गर्दैछन् । फाकफोकथुमको उपाध्यक्षमा नेकपा एमालेका कल्पना राई, नेकपा माओवादी केन्द्रका कुलबहादुर राई र मंगोल नेशनलका सोनिया योङहाङ लिम्बूले प्रतिश्पर्धा गर्दैछन् । फाकफोकथुममा १६ हजार ५३५ मतदाता संख्या रहेको छ ।

यस्तै रोङको अध्यक्षमा नेकपा एमालेका मेहेरमान तामाङ, राप्रपाका ऋषिकेश ओझा, जसपाका तेजबहादुर राई, नेपाली कांग्रेसका मनिकुमार स्याङ्वो, मंगोल नेशनलका बुलेबहादुर गुरुङ र नेकपा एकिकृत समाजवादीका रमेश राईले प्रतिश्पर्धा गर्दैछन् । रोङको उपाध्यक्षमा एमालेका विष्णुमाया खवास, नेपाली कांग्रेसका कल्पनादेवी खनाल र जसपाका संगीता सुनुवार चुनावी मैदानमा छन् । रोङमा १५ हजार ३३ मतदाता संख्या रहेको छ ।
माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई, नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो र मंगोल नेशनलका प्रेमराज कुरूङ्गले प्रतिश्पर्धा गर्दैछन् । माङसेबुङको उपाध्यक्षमा एमालेका सुनिता सुब्बा र जसपाका विनोदकुमार नेम्वाङले चुनावी प्रतिश्पर्धा गर्दैछन् । माङ्सेबुङमा १२ हजार ५६८ मतदाता संख्या रहेको जनाइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार