संविधान सभा अध्यक्षले मरब क्याम्पसबाट गरे मतदान

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले इलाम सदरमुकाम स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलको ‘ग’ मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेम्बाङले यो निर्वाचनमा विगतको भन्दा बढी मतदाता निर्वाचनप्रति उत्साही पाएको बताए । ‘नागरिकको भावना सम्बोधन गर्न निर्वाचनमा सिंगो देश सहभागी भइरहेको छ,’ उनले भने, ‘म पनि आफूले पढेको क्याम्पसमै मतदान गर्न पाउँदा अत्यन्त खुसी छु ।’
निर्वाचनको प्रक्रियामा उत्साहपूर्वक सहभागी भइ आफूले चाहेको दल र उम्मेदवारलाई मतदान गर्न उनले मतदातालाई आग्रह पनि गरे ।
नयाँ संविधान निर्माण गर्दा घोषणा गरिएको ‘सिंहदबारको अधिकार गाउँमा’ लैजाने कार्य स्थानीय तह निर्वाचनले कार्यान्वयन गर्ने र फेरि एक पटक यो घोषणा कार्यान्वयनका लागि स्थानीय तहको दोस्रो निर्वाचन भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार