लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न दोस्रो स्थानीय तह निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ ः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता झलनाथ खनालले गृहजिल्ला इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेका छन् । मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले स्थानीय सरकारले पूर्वाधारदेखि नागरिकका सबैखाले समस्या समाधानमा सघाउने बताए । उनले कलिलो अवस्थामा रहेको लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न दोस्रो स्थानीय तह निर्वाचनले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले यही निर्वाचनमार्फत् लोकतन्त्र, गणतन्त्रको रक्षा गर्दै देश विस्तारै समाजवादको यात्रामा अघि बढ्ने बताए । ‘पहिलो स्थानीय तह निर्वाचनमा नेतृत्वका कारण लोकतन्त्र र गणतन्त्र नै खतरामा थियो, दोस्रो निर्वाचनपछि आउने नेतृत्वले संविधान र देशको रक्षा गर्छ भन्ने विश्वास लिएको छु ।’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार