इलाममा ११० वर्षीया वृद्धा देखि किरिया पुत्री सम्मले गरे मतदान

इलामको सूर्याेदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा ११० वर्षीया वृद्धा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन् ।
फोटोसहितको मतदाता नामावलीअनुसार विष्णुमायाको जन्ममिति १९६९ चैत १० छ । अहिलेसम्मको जानकारीअनुसार इलामका मतदान केन्द्रमा मतदान गर्नेमध्ये विष्णुमाया नै सबैभन्दा ज्येष्ठ रहेको जिल्ला प्रशासन कार्यालयका अधिकृत यादव राउतले बताए ।
यस्तै फाकफोकथुम गाउँपालिकामा पनि १०२ वर्षीया महिलाले जसरानी लिम्बुनीले मतदान गरेकी छन् । फाकफोकथुम गाउँपालिका–१ को जनज्योति आधारभूत विद्यालय केन्द्रमा जसरानी मतदान गरेकी हुन् । नागरिकताको प्रमाणपत्रअनुसार उनको जन्ममिति १९७६ असार २ गते छ ।
उता माइजोगमाई गाउँपालिका २ स्थित प्रेमेजुङ्गमा बुबाको १३ दिने काम गरिरहेका दुई दाजुभाई तोया दाहाल र प्रेमसागर दाहालले मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार