इलामको देउमाई मतगणनास्थल तीन राउन्ड हवाई फायर

  आवाज सम्वाददाता

इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा प्रहरीले हवाई फायर गरेको छ। स्वस्तिक बोकेका कर्मचारी मतगणनास्थलमा भेटिएको भन्दै नाराबाजी भएपछि झडप भएको छ।

अवस्था तनावपूर्ण बनेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको स्थानीय पत्रकार टीका खतिवडाले जानकारी दिए। अहिले पनि अवस्था नियन्त्रणमा आइसकेको छैन।

विवाद निस्किएपछि करिब ३ घन्टादेखि गणना अवरुद्ध छ। प्रहरीले हवाई फायर पुष्टि गरेको छैन । अहिले दलहरु र निर्वाचन अधिकृत बीच वार्ता शुरु भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार