माङ्सेबुङ गाउँपालिका ४ मा एमालेको प्यानल बिजयी

  आवाज सम्वाददाता

इलाममा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ । इलामको माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा एमालेको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा नवीन लिम्बू ३ सय २५ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलकुमार राईले २ सय ७१ मत ल्याएका छन् । वडा सदस्यमा एमालेकै टेकमान लिम्बू (३ सय ४५), धनबहादुर राई (३ सय १०), महिला वडा सदस्यमा कल्पना राई (३ सय ४४) र दलित महिला सदस्यमा गोमादेवी विक (३ सय ३८) विजयी भएका छन्।

यो वडामा कांग्रेस र जनता समाजवादी गठबन्धनका गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार डिकेन्द्र इदिंगोले ४ सय ८७ र एमालेका हेमन्त राईले ३ सय ४६ मत ल्याएका छन् । उपाध्यक्षमा जसपाका विनोद नेम्बाङको ४ सय २१ र एमालेकी सुनिता सुब्बाको ३ सय ४७ मत आएको छ। यहाँको वडा ५ मा पनि मतगणना भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार