इलाम नगरपालिका– १ मा वडाध्यक्ष कांग्रेस र एक सदस्य एमाले विजयी

  आवाज सम्वाददाता

इलाम नगरपालिका– १ मा गठबन्धनका वडाध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसले र एक सदस्य नेकपा एमालेले विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेतले ११८१ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका अम्बिका गौतमले एक हजार २२ मत प्राप्त गरेका छन् । सदस्यमा नेपाली कांग्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् । यस्तै एक सदस्यमा भने नेकपा एमाले खड्गबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनका नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने सदस्यमा पराजित भएका छन् ।
अहिले सम्मको वडा–१ को मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले ११५८ मत प्राप्त गरेको छ । यस्तै नेकपा एमालेले मेयरमा १०४१, उपमेयरमा नेपाली कांग्रेसले ११९५ र एमालेले एक हजार ४ मत प्राप्त गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार