माइजोगमाई – १ को वडाध्यक्षमा मत बराबरी सदस्यमा एमालेका उम्मेदवार विजयी

  आवाज सम्वाददाता

इलामको माइजोगमाई– १ मा वडाध्यक्षमा नेकपा एमालेका यामकुमार कार्की र गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका टेकबहादुर साहको १०८४÷१०८४ बराबरी मत आएको छ । बाँकी वडासदस्य पदमा भने नेकपा एमालेका तर्फबाट विजयी भएका छन् । सदस्यमा एमालेका नीरबहादुर राईले ९७४, भक्तबहादुर चेम्जोङले ९९९, महिला सदस्य लक्ष्मी राईले १०१५ र दलित महिला सदस्य कल्पना रसाइलीले १०१७ मत प्राप्त गरि विजयी भएका छन् ।
वडाध्यक्षका लागि भने गोला प्रथाबाट विजयी छनौट गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार