इलाम–२ मा एमालेको प्यानल विजयी

  आवाज सम्वाददाता

इलाम नगरपालिका–२ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेका गिरिराज रिजालको प्यानल विजयी भएको छ । रिजालले ७२४ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा मिना दाहालले ७१३, दलित महिला सदस्य सरिता दियालीले ७१८, खुल्ला सदस्य शेरबहादुर खालिङले ६५० र राजेन देवानले ७३४ मत प्राप्त गरि विजयी भएका छन् ।
इलाम– २ को अन्तिम नतिजा आउँदै गर्दा इलाम नगरप्रमुखमा एमालेका धिरेन चेम्जोङले २६४९
र नेपाली कांग्रेसका केदार थापाले २८४२ मत प्राप्त गरेका छन् । यस्तै उप–प्रमुखमा नेपाली कांग्रेसकी विष्णु लिम्बुले २९५४ र एमालेकी सीतादेवी रिजालले २५४९ मत प्राप्त गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार