वडाको मतपरिणाम धमाधम आउँदै

  आवाज सम्वाददाता

इलाम नगरपालिका वडा १ मा गठबन्धनको प्यानललाई हराउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ।

वडाध्यक्षमा गिरिराज रिजाल ७ सय २४ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका वीरेन्द्र राईले ६ सय २६ मत ल्याएका छन्।

महिला वडा सदस्यमा मीना दाहाल गड्तौला (७१३), दलित महिला सदस्यमा सरिता दियाली (७१८), वडा सदस्यमा शेरबहादुर खालिङ (६५०) र राजेश देवान (७३४) विजयी भएका छन्।

वडा १२ मा गठबन्धन प्यानल विजयी

इलाम नगरपालिका १२ मा कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा लाखमान लिम्बूले १ हजार २ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नवीनकुमार लिम्बूले ९ सय २० मत ल्याए।

महिला वडा सदस्यमा बिबी लिम्बू (१०२२), दलित महिला सदस्य कुमारी ल्वागुन (१०३६), वडा सदस्यद्वयमा टीकबहादुर एक्तेन (१००८) र नेत्रप्रसाद घिमिरे (१००७) विजयी भएका छन्।

माङ्सेबुङ १ मा माओवादीले खोल्यो खाता

माङ्सेबुङ गाउँपालिका १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। माओवादीका भूपाल लिम्बू ७ सय ७३ मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भक्तराज लिम्बूले ६ सय ४० मत ल्याए।

वडामा मिश्रित प्यानल आएको छ। महिला सदस्यमा एमालेकी डिकमाया ल्वागुन (७१३), दलित महिला सदस्यमा माओवादीकी सिर्जना मग्राती (७०६), सदस्यमा कांग्रेसका ठगबहादुर श्रेष्ठ (६९०) र जसपाका मीनप्रसाद लिम्बू रोचक (६८५) विजयी भए।

माङ्सेबुङ ६ मा एमालेको प्यानल विजयी

माङ्सेबुङ गाउँपालिका ६ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षमा प्रदीप साम्पाङ ८ सय ३० मतसहित विजयी भए।

विजयी साम्पाङ यसअघि पनि त्यही वडाको वडाध्यक्ष हुन्। २०७४ सालको निर्वाचनमा कांग्रेसबाट विजयी उनी कार्यकाल नसकिँदै एमालेमा प्रवेश गरेका थिए ।निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीवनकुमार राईले ३ सय २४ मत ल्याएका छन्।

महिला वडा सदस्यमा पुनम साम्बाहाम्फे (६९६), वडा सदस्यद्वयमा खगेन्द्र खड्का (६६६) र  दिवस राई (७४०) विजयी भएका छन्। यहाँको दलित महिला वडा सदस्यमा एमालेकी धनकुमारी विश्वकर्मा यसअघि नै निर्विरोध निर्वाचित भएकी छिन्।

माई १० मा एमालेको प्यानल विजयी

माई नगरपालिका १० मा गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षमा गणेश राईले ६ सय ५८ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामबहादुर आलेमगरले ५ सय २४ मत ल्याए।

महिला वडासदस्यमा कृष्णकुमारी थापा (६५९), दलित महिला वडा सदस्यमा गीतादेवी गदाइली (६५२), वडा सदस्यमा राजकुमार गड्तौला (६२७) र मोहनकुमार मगर (५९८) विजयी भएका छन्।

देउमाई १ मा एमालेको प्यानल विजयी

देउमाई नगरपालिका १ मा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षमा एमालेका मीनराज श्रेष्ठ १ हजार २ सय मत ल्याएर विजयी भए।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका कांग्रेस उम्मेदवार माधवकुमार बस्नेतले ८ सय ६८ मत ल्याएका छन्। वडा सदस्यमा केशरबहादुर पौडेल र रामेश्वर राई, महिला वडा सदस्यमा एलिसा राई विजयी भए। दलित महिला सदस्यमा विष्णुमाया दियाली यसअघि नै निर्विरोध भएकी थिइन्।

फाकफोकथुम १ मा कांग्रेसको प्यानल विजयी

फाकफोकथुम गाउँपालिका १ मा कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा कर्णबहादुर थेगिम लिम्बूू ८ सय ४ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बेगबहादुर निरौलाले ४ सय ७७ मत ल्याए।

महिला वडा सदस्यमा गोमादेवी भट्टराई (७६७), वडा सदस्यमा रामबहादुर पौडेल (६९०) र कमानसिंह लिम्बू (६८५) तथा दलित महिला सदस्यमा सीतादेवी बराइली (७४५) विजयी भए।

सूर्याेदय १ मा कांग्रेसको प्यानल विजयी

सूर्याेदय नगरपालिका १ को वडाध्यक्षमा कांग्रेसका राजकुमार लिम्बू ८ सय ७३ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का दीपेश राईले ८ सय ४७ मत ल्याए।

वडा सदस्यमा डिकबहादुर मगर, रोशन बुढाथोकी, महिला सदस्यमा मुन्नाकुमारी राई र दलित महिला सदस्यमा चन्द्रकला विश्वकर्मा विजयी भएका छन्।

माइजोगमाई १ मा वडाध्यक्षको मत बराबर, सदस्य सबैमा एमाले विजयी

माइजोगमाई गाउँपालिका वडा १ को अध्यक्षमा गठबन्धन एमालेका उम्मेदवारको मत बराबर आएको छ। वडाध्यक्षका कांग्रेस उम्मेदवार टेकबहादुर शाह (ठकुुरी) र एमालेका याम कार्कीको समान १ हजार ८४ मत छ ।  यसमा गोलाप्रथा गर्ने कि पुनः निर्वाचन गर्ने भन्नेमा टुंगो नलागेकाले विजयी घोषणा गर्न बाँकी छ।

वडा सदस्यमा सबै एमालेका उम्मेदवार विजयी भएका छन्। वडा सदस्यद्वयमा निरबहादुर राई (९७४) र भक्त चेम्जोङ (९८९), महिला वडा सदस्यमा लक्ष्मी राई (१०२५) र दलित महिला सदस्यमा कल्पना रसाइली (१०१६) विजयी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार