रोङ– १ मा कांग्रेसका मनोहरी विजयी

इलामको रोङ–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोहरी खड्का बिजयी भएका छन् । मनोहरीले ६१० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेद्वार मनोज खड्काले ४८८ मत प्राप्त गरे ।
वडा– १ को सदस्यमा एमालेकी दलित महिला उम्मेद्वार लक्ष्मी नेपाली वियजी भइन् । अन्य वडा सदस्यमा नेपाली काग्रेसको उम्मेद्वारहरु मनमाया राई, रेश बहादुर राई र हेमु थापा बिजयी भएका छन् ।
त्यसैगरी वडा नम्बर १ को मत गणना सकिंदा गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका उम्मेद्वार सुवास तामाङको ६९७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेहरमान तामाङले ४८४ मत प्राप्त गरेका छन् । रोङको उपाध्यक्ष पदमा पनि नेपाली काग्रेसको अग्रता रहेको छ । कांग्रेसकी कल्पनाले ६११ मत र नेकपा एमालेकी बिष्णु खवासले ५६० मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर २ को मतगणना जारी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार