सन्दकपुरको अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ विजयी

  आवाज सम्वाददाता

इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी भएका छन् । गुरुङ ४२२३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उदयबहादुर राईले ३२५८ मत प्राप्त गरेका छन् ।
यसैगरि सन्दकपुरको उपाध्यक्षमा गठबन्धनकै नेकपा एसका हरि लुङ्गेलीले ३६३७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका तुलसा सेढाईंले २९८६ मत प्राप्त गरेकी छन् ।
सन्दकपुरको वडा– १ र ५ मा भने एमालेको प्यानल विजयी भएको छ । वडा– १ मा वडाध्यक्षमा एमालेका रहरकुमार राईको प्यानल विजयी भएको छ । यस्तै वडा–५ को वडाध्यक्षमा एमालेका यज्ञबहादुर गुरुङको प्यानल विजयी भएको छ । वडा– २ वडाध्यक्षमा गठबन्धन तर्फ नेकपा एसका सनम राईले वियज प्राप्त गरेभने वडा– २ का बाँकी सदस्य नेकपा एमालेले जितेको छ । वडा– ३ मा गठबन्धनकै नेपाली कांग्रेसका लिला बुर्जाको प्यानल विजयी भएको छ । वडा–४मा गठबन्धकै जसपा तर्फ ढालबहादुर गुरुङको प्यानल विजयी भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार