माई– ७ मा एमालेका बुद्धि खनालको प्यानल विजयी

  आवाज सम्वाददाता

माई नगरपालिका– ७ को वडाध्यक्षमा बुद्धि खनाल निर्वाचित भएका छन् । खनालले ९५० मत प्राप्त गरेका छन् । खनालले नेपाली काँग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गरेका हुन् । योक्पादेनले ६०७ मत प्राप्त गरेका छन् । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु, र लिलाबहादुर राई निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार