अहिलेसम्म यस्तो छ इलामका वडाको चुनावी नतिजा

आज (सोमबार) साँझसम्म इलामका ८१ वटा मध्ये ३७ वटाको नतिजा आएको छ । धेरैजसोमा नेकपा (एमाले) र नेपाली कांग्रेसका प्यानल विजयी भएका छन् । केहीमा मिश्रित नतिजा पनि आएको छ ।

१६ वडामा एमालेका उम्मेदवार अध्यक्ष भएका छन् । १४ वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ । माओवादीले दुई वडामा अध्यक्ष जितेको छ भने राष्ट्रिय जनमुुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (एस), जनता समाजवादी पार्टी स्वतन्त्रले एक–एक वडाध्यक्ष जितेका छन् ।

माङ्सेबुङ १ मा माओवादी वडाध्यक्ष र मिश्रित प्यानल, माङ्सेबुङ २ मा एमालेको प्यानल, माङ्सेबुङ ३ को वडाध्यक्षमा माओवादी, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस, माङ्सेबुङ ४ मा नेकपा (एमाले)को प्यानल, माङ्सेबुङ ५ मा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल र माङ्सेबुङ ६ मा एमालेको प्यानल विजयी भए ।

सन्दकपुर १ मा नेकपा (एमाले)को प्यानल, सन्दकपुर २ मा नेकपा (एस)का वडाध्यक्ष, एमालेका ४ सदस्य, सन्दकपुर ३ को वडाध्यक्ष र दुई सदस्य कांग्रेस, एक सदस्य माओवादी, एक सदस्य नेकपा (एस), सन्दकपुर ४ मा जसपाका वडाध्यक्ष र २ सदस्य, कांग्रेसका २ र एसका १ सदस्य, सन्दकपुर ५ मा एमालेको प्यानल विजयी भए ।

इलाम नगरपालिका १ मा वडाध्यक्ष नेका, ३ सदस्य नेका, १ सदस्य एमाले, इलाम नपा २ मा एमालेको प्यानल, इनपा ३ मा वडाध्यक्ष एमाले, चार सदस्य कांग्रेस, इलाम ४ मा कांग्रेसको प्यानल, इलाम ११ को वडाध्यक्ष र २ सदस्य एमाले, २ सदस्य कांग्रेस, इलाम नपा १२ मा गठबन्धन प्यानल विजयी भए । माई ७, ८, ९ र १० मा एमालेको प्यानल विजयी भयो ।

माइजोगमाई १ मा वडाध्यक्षको मत बराबर भएपछि घोषणा गरिएको छैन । वडा २ मा गठबन्धनको प्यानल, माइजोगमाई ३ मा गठबन्धन, माइजोगमाई ४ मा एमालेको प्यानल, देउमाई १ र २ मा एमालेका प्यानल विजयी बनेका छन् । फाकफोकथुम १ मा कांग्रेसको प्यानल, फाकफोकथुम २ मा कांग्रेसका वडाध्यक्ष र ३ सदस्य, एमालेका १ सदस्य विजयी बने । सूर्याेदय १ मा कांग्रेसको प्यानल, सूर्याेदय २ मा वडाध्यक्षसहित ४ जना एमाले, एक सदस्य कांग्रेस, सूर्योदय ३ मा गठबन्धनको प्यानलबाट कांग्रेसका वडाध्यक्ष र ४ सदस्य नेकपा (एस) विजयी भए ।

चुुलाचुली १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल, चुलाचुली २ मा कांग्रेसका वडाध्यक्षसहित ३ सदस्य, एमालेका एक सदस्य, चुलाचुली ५ मा वडाध्यक्ष र ३ सदस्य कांग्रेस, २ सदस्य एमाले, चुुलाचुली ६ को वडाध्यक्ष र २ सदस्य कांग्रेस, २ सदस्य एमाले, रोङ १ को वडाध्यक्षमा कांग्रेस, दलित महिलामा एमाले, रोङ २ मा वडाध्यक्ष स्वतन्त्र, ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार