इलामको माइजोगमाई १ मा गोलाप्रथाबाट एमालेका वडाध्यक्ष

  आवाज सम्वाददाता

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । नेकपा (एमाले)का ओमनारायण खनाललाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्षमा केरुङले ६ हजार ६ सय ५० मत ल्याए । खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बू विजयी भएकी छिन् । उनले ४ हजार ४ सय ५० मत ल्याएकी छिन् । निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शुक्रराज लावतीले ३ हजार ४ सय ४२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सीताकुमारी लावतीले १ हजार ७६ मत ल्याएका छन् ।

चुलाचुली वडा १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल विजयी भएको छ । वडाध्यक्षमा पूर्ण लावती विजयी भए । वडा २ को वडाध्यक्षमा कांग्रेसका लक्ष्मण श्रेष्ठ र १ सदस्य तथा ३ सदस्यमा एमाले विजयी भएका छन् । वडा ३ को वडाध्यक्षमा प्रेम श्रेष्ठसहित कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा ४ मा वडाध्यक्ष सागर जबेगूको नेतृत्वमा कांग्रेसको प्यानल नै विजयी भयो । वडा ५ मा कांग्रेसका २२ वर्षे बबिन राई वडाध्यक्षमा विजयी बने । यो वडाको महिला सदस्यमा एमाले विजयी भएको छ । वडा ६ को वडाध्यक्षमा कांग्रेसका दिलकुमार राईसहित २ सदस्य विजयी भएका छन् भने एमालेले २ सदस्य जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार