इलाम नगरपालिकामा नेकाका थापा र लिम्बू विजयी

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा र बिष्णु लिम्बू मेयर र उपमेयरमा विजयी भएका छन् ।

नेकपा एमालेका धिरेन चेम्जोङलाई २५७८ मत अन्तरले थापाले जितेका छन् । थापाले १३ हजार १६५ मत ल्याएका छन् भने चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरेका छन् । यसरीनै उपमेयरमा नेपाली कांग्रेसकी लिम्बुले एमालेकी सीता रिजाललाई ३४ सय ४४ मत अन्तरले जितेकी छन् ।

लिम्बुले १३ हजार ५४२ मत प्राप्त गरेकी छन् भने रिजालले १० हजार ८८ मत प्राप्त गरेकी छन् । अघिल्लो निर्वाचनमार् एमालेले वर्चश्व कायम गरेको इलाम नगरपालिकामा २ वटा वडामा प्यानलै र एउटा वडामा वडाध्यक्ष बाहेक सबै गठबन्धनले जितेको छ । २०५४ र २०७४ मा इलाम नगरपालिका एमालेले जित्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार