रोङको अध्यक्षमा मनिकुमार र उपाध्यक्षमा विष्णुमाया निर्वाचित

  आवाज सम्वाददाता

  इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले चार हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीन सय २२ मत पाएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छिन् । उनले
काँग्रेसकी कल्पना देवी खनाल (भण्डारी)लाई पराजित गर्दै भुजेल पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाएकी छिन् । भुजेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षको लागि प्रतिष्पर्धा गरेकी थिइन् । त्यसबेला उनी काँग्रेसकी चन्द्रकला राईसंग पराजित भएकी थिइन् । रोङ ४ मा राजकुमार रो ङ गाउँ पालिकामा लोपोन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि ले प्चासमुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । रोङ गाउँपालिका– ४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनको निकटम प्रतिष्र्धी स्वतन्त्र उम्मेदवार मुढा चिन्हबाट सुर्य राईले ३४१ मत पाएका थिए । अन्य वडा सदस्यहरुमा एमालेका हर्कबहादुर राई ३५३ मत, दलित महिला एमालेकै बालकुमारी बिश्वकर्मा ३९७ मत सहित बिजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिना देबी तामाङ यस अघि नै निबिरोध भइसकेकी थिइन । यसैबीच रोङ गाउँपालिकाको ३ मा नेपाली काग्रेसका मात्रिका बराल बिजयी भएका छन् । उनले ८८५ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धि एमालेका दिलिप राईले ८६५ मत पाएका छन् । बराल यस अघि पनि सोही वडाको वडाध्यक्ष थिए । वडाध्यक्ष बाहेक सबै सदस्य पदमा ने कपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा प्रेमराज गुरुङ र लिला राउत, इन्दिरा देबी बिश्वकर्मा, अमृत भुजेल निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार