देउमाइमा नेकपा एमाले विजयी

  आवाज सम्वाददाता

देउमाई नगरपालिकामा नेकपा एमालेले आफ्नो अघिको विरासत कायम राखेको छ । देउमाईमा प्रमुखमा नेकपा एमालेका सूर्यप्रसाद पोखे्रल ८ हजार ६९५ मत सहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत प्राप्त गरेका छन् । दुलाल अघिल्लो पटक पनि पोख्रेल सँगै पराजित भएका थिए । उप–प्रमुखका पविमाया राईले ८ हजार ५६३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धन तर्फ माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत प्राप्त गरेका छन् ।
देउमाइ नगरपालिकामा वडा १,२,४, ५, ८ एमालेले जितेको छ । वडा– ३,६,७,९ नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार