सूर्याेदयको प्रमुखमा नेकपा (एस) का रनबहादुर विजयी

  आवाज सम्वाददाता

इलामको सूर्याेदय नगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई विजयी भएका छन् । राईले नेकपा (एमाले)का उम्मेदवार काजीमान कागतेलाई पराजित गरे । राई १२ हजार ४ सय ३१ मत ल्याएर विजयी भए । कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् । कागतेले १ नम्बर प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका थिए । राई दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनी गठबन्धनबाट निर्वाचित भएका हुन् ।
उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् । बरालले ११ हजार ८ सय ५४ मत ल्याए । एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छिन् । भट्टराई निवर्तमान उपमेयर हुन् ।

१४ वटा वडा रहेको सूर्याेदयका ७ वडा वडामा कांग्रेस, ५ वटा वडामा नेकपा (एस) र दुई वटामा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार